अमेरिकाले नेपाललाई हस्तान्तरण गर्‍यो एकपटक लगाए पुग्ने साढे १५ लाख डोज कोरोना भ्याक्सिन

काठमाडौँ । अमेरिकी सरकारको प्रत्यक्ष सहयोगमा झण्डै १५ लाख मात्रा कोभिड भ्याक्सिन नेपाललाई हस्तान्तरण गरिएको छ । कोभ्याक्स सुविधाअन्तर्गत जोन्सन एण्ड जोन्सनको कोभिड(१९ भ्याक्सिन नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन् ।

यसअघि कोभ्याक्स सुविधाअन्तर्गत नेपालले कोभिशिल्ड खोप प्राप्त गरेको थियो । उक्त खोप नपाइने भएपछि विकल्पका रूपमा जोन्सन एन्ड जोन्सनको खोप ल्याइएको हो ।

खोपको १५ लाख ३४ हजार ८ सय ५० मात्रा उपहारमा प्राप्त भएको हो । यो खोप एक डोज लगाए पुग्ने बताइएको छ ।

ुअमेरिकी जनताको सहयोगमा नेपालका लागि उपहार दिइएको जोन्सन एन्ड जोन्सन कम्पनीका १५,३४,८५० डोज ३ऋइख्क्ष्म्ज्ञढ भ्याक्सिन काठमाडौं आइपुगेका छन्। एकपटक लगाए पुग्ने यो भ्याक्सिन १५ लाख ३४ हजारभन्दा बढी नेपालीलाई पूर्ण मात्रामा लगाउन पर्याप्त हुनेछ ।ु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार