भोजपुरका सक्रिय पाँच पत्रकारलाई लेखनबृति पुरस्कार प्रदान

भोजपुर । भोजपुरका सक्रिय पाँच पत्रकारलाई लेखनबृति पुरस्कार प्रदान गरिएको छ । कोभिड १९ को जोखिमका बिचमा पनि जिल्लामा क्रियाशिल भएर आ आफ्नो संचार माध्यमबाट समाचार सम्प्रेशन गरेको भन्दै नेपाल पत्रकार महासंंघ जिल्ला शाखा भोजपुरले लेखनबृति पुरस्कार प्रदान गरेको हो ।
कोभिड १९ को महामारीमा खटिने पत्रकारहरुको हकहितका लागि नेपाल पत्रकार महासंघ प्रदेश नम्वर १ ले स्थापना गरेको लेखबृति कोष अन्तर्गत कोरोनाको समयमा पनि सुचना सम्प्रेषणमा भूमिका निर्वाह गरेको भन्दै भोजपुरमा क्रियाशिल ५ जना पत्रकारलाई नेपाल पत्रकार महासंघ भोजपुर शाखाले शुक्रवार नगद १० हजारको चेक सहित कदरपत्रबाट पुस्कृत गरेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरले जनाएको छ ।

लेखनवृति पुरस्कार बिगत दुई दशक देखि भोजपुरमा रहेर क्रियाशिल भई पत्रकारिता गर्दे आएका अग्रज पत्रकार निरोज कोइराला सहित पाँच जनालाई लेखनबृति पुस्कार सहित कदर पत्र प्रदान गरिएको छ ।

पुरस्कृत हुनेमा कोशीअनलाइन, रेडियो नेपाल, हिमालय टाइम्स दैनिक र मकालु टेलिभिजनको भोजपुरको प्रतिनिधीकारुपमा कार्यरत निरोज कोईराला, 

नेपाल प्रेस डटकमका प्रतिनिधि बुद्धप्रसाद तामाङ, सिन्धु वरका प्रतिनिधि कविता खडका, नागरिक आवाजका प्रतिनिधि मनिता राई र ई पोष्ट डटकमका प्रतिनिधि शारदा तामाङ रहेका छन । एक कार्यक्रमका बिचमा पत्रकार महासंघ भोजपुरका शाखाका अध्यक्ष एक्सन राई, पत्रकार केशरबहादुर राई र सामाजिक अभियन्ता नविन प्रधानले पत्रकारहरुलाई पुस्कार तथा कदरपत्र प्रदान गरेका हुन्।

जोखिमका बिचमा पनि जिल्लामा क्रियाशिल भएर कार्य गर्नु हुने पत्रकारलाई महासंघको समन्वयमा सहयोग स्वरुप पुस्कृत गरिएको नेपाल पत्रकार महासंघका अध्यक्ष एक्सन राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार