सङ्क्रमण बढेसँगै सचेत रहन विज्ञहरूको चेतावनी, अस्पताल भर्ना हुनेहरूको सङ्ख्या बढ्दै

काठमाडौं ।सङ्क्रमण बढ्दै गए एकदेखि दुई हप्ताभित्रमा महामारीको तेस्रो लहर सुरु हुने चेतावनी विज्ञहरूले दिएका छन् ।निषेधाज्ञा खुकुलो भएसँगै देशभर कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । साउन १० गते १६ प्रतिशत रहेको सङ्क्रमण दर निरन्तर बढेर साउन तीन दिनमै बढेर २४ प्रतिशत पुगेको छ ।

यस अवधिमा सक्रिय सङ्क्रमितको सङ्ख्या समेत निरन्तर बढ्दो छ । साउन १० गते २७ हजार २२८ रहेको सक्रिय सङ्क्रमित सङ्ख्या साउन १३ गते २९ जार ४४४ पुगेको छ ।

सङ्क्रमण दर साउन १० गते १६।११ प्रतिशत, साउन ११ गते १९।८० प्रतिशत, १२ गते २२।२५ र साउन १३ गते २४।२९ प्रतिशत पुगेको छ ।

साउन १० मा २७ हजार २२८ रहेको सक्रिय सङ्क्रमितको सङ्ख्या, साउन ११ मा २७ हजार ९०७, साउन १२ मा २८ हजार ८३६ र साउन १३ मा २९ हजार ४४४ पुगेको छ ।

सातागत रूपमा पनि बढ्यो सङ्क्रमण

पछिल्लो दुई हप्ताको औसत तथ्याङ्क हेर्दा पनि सङ्क्रमण दर बढेको छ । असार ३१ देखि साउन ६ सम्म ७ दिनको अवधिमा परीक्षण गरेका मध्ये १९।८६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको तथ्याङ्कले देखाएको छ ।

सो अवधिमा ८९ हजार ५९ जनाको नमुना परीक्षण भएको थियो । जसमध्ये १७ हजार ६९४ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै साउन ७ देखि १३ गते ९हिजो०सम्म उक्त सङ्क्रमण दर बढेर २०।२७ प्रतिशत पुगेको छ । पछिल्लो एक साता ९ ७ देखि १३ गते ०मा १ लाख ९ हजार ४७९ जनाको नमुना परीक्षण गरिएको छ । यीमध्ये २२ हजार २०२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

ुतेस्रो लहर सुरु हुन सक्छु

यसरी नै सङ्क्रमण बढ्दै जाने हो भने, कोभिड१९ महामारीको तेस्रो लहर सुरु हुनसक्ने विज्ञहरूको भनाइ छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। अनुप बाँस्तोलाले अबको एक दुई हप्ताको तथ्याङ्कले थप अवस्था कस्तो हुन्छ भनेर भन्न सकिने बताएका छन् ।

ुनिषेधाज्ञा खुकुलो भएसँगै मानिसहरूले सुरक्षाका उपायहरूमा कम ध्यान दिँदा सङ्क्रमणले दोस्रो लहरकै अवस्थामा लैजान सक्नेु डा। बास्तोलाको भनाइ छ ।

ुसङ्क्रमण बढ्यो, अस्पतालहरू भरिन थालिसके, एक दुई हप्ताको तथ्याङ्कले बाँकी अवस्थाको अनुमान गर्न सकिन्छ ु उनले भने ।

अहिले काठमाडौं उपत्यकामा कोभिड१९ का सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । टेकु अस्पताल र पाटन अस्पतालमा सङ्क्रमित भरिई सकेका छन् । दैनिक फोन एवं बिरामी भर्ना हुन आउनेको सङ्ख्या समेत बढेको छ ।

सशस्त्र प्रहरी अस्पताल बलम्बुमा समेत अहिले १५० भन्दा बढी सङ्क्रमित भर्ना भइसकेका छन् ।

सशस्त्र प्रहरी अस्पतालका डा। प्रवीण नेपालले दैनिक नयाँ भर्ना हुनेको सङ्ख्या समेत १० भन्दा बढी रहेको बताएका छन् । यसरी नै सङ्क्रमण बढ्दै जाँदा पुरानै अवस्था सिर्जना हुन सक्ने उनको भनाइ छ ।

कोरोना सङ्क्रमण बढ्न थालेको र यो फेरि चुनौतीपूर्ण हुनसक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिट प्रमुख डा। शेरबहादुर पुनले बताए ।

ुनेपालमा डेल्टा भेरिअन्ट सक्रिय छ, अहिलेसम्म सङ्क्रमित नभएका र खोप नलगाएकाहरू बिशेषगरी सङ्क्रमित भइरहेका छन्, सङ्क्रमण बढ्न थालेको छु, उनले भने ।

ुअब, यो बीचमा नयाँ भेरिअन्ट समेत देखा पर्‍यो भने झनै ठुलो चुनौती सिर्जना हुन्छु, डा. पुनले भने ।

डेल्टा भेरिअन्टको सङ्क्रमण नै पनि बढ्न थालेसँगै सङ्क्रमणले दोस्रो लहरकै दिशामा लैजान सक्ने चिन्ता विज्ञहरूको छ । आम नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्डहरू पूर्णरुपमा पालना गरेमा सङ्क्रमण कम हुने सक्ने उनीहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार