मजदुरहरुको आठ लाख लुटपाट गरी भाग्ने प्रतिवादी नौ वर्ष पछि पक्राउ

भोजपुर । भोजपुरको हेलौछाबाट मजदुरहरुको आठ लाख रुपैया लुटपाट गरी भाग्ने प्रतिवादी नौ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । भोजपुरको हेलौछा साविकको वडा नं. ५ हाल भोजपुर नगरपालिका वडा नं. २ को सडकमा काम गर्ने मजदुरहरुको रकम वितरण गर्न लगिएको ८ लाख ५१ हजार ५ सय रुपैँया लुटपाट गरी भागेका वर्ष ३१ का सुवास विश्वकर्मालाई प्रहरीले पत्राउ गरेको जिल्ला प्रहरी कायालय भोजपुरका प्रहरी नायव उपरिक्षक राजकुमार राईले बताए ।

सडक निर्माण समितिका अध्यक्ष धन बहादुर राईले २०६९ असार १८ गते सडकमा काम गर्ने मजदुरहरुलाई वितरण गर्न भनी लगिएको रकम राती ८ वजे हेलौछाको जंगलबाट सात जनाको समुहले लुटेर भागेका थिए ।
रकम लुटेर फरार रहेका झापाको दमक नगरपालिका वडा नं. ५ हाल ऐ. ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगी २ एक्सटेन्सन ९सेक्टर० बी ४ हट नं।६ बस्ने बर्ष ३१ को सुवास विश्वा वि।क।लाई जिल्ला अदालत भोजपुरले १२ लाख ७७ हजार २ सय पचास जरिवाना सहित ६ वर्ष कैद तोकेको छ ।

निज वि।क।लाई नौ बर्ष पछि २०७८ साउन १५ गतेका दिन जिल्ला झापा, दमक नगरपालिका बेलडाँगीमा लुकीछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक राजकुमार राई समेतको टोलीले इलाका प्रहरी कार्यालय दमकको समन्वयमा पक्राउ गरी साउन १७ गते जिल्ला अदालत भोजपुरमा पेश गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
निज विश्वकर्मालाई कैद जरिवाना भुक्तानको लागि भोजपुर कारागार चलान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार