एमाले विवाद : ओली–नेपालबीच वार्ता हुँदै

काठमाडौँ । एमालेभित्र तीव्र मतभेद चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल भेट्न राजी भएका छन् । उनीहरुबीच मंगलबार नै भेटवार्ताको तारतम्य मिलाइएको बताइएपनि समय र स्थान भने टुंगो लागिसकेको छैन ।

नेकपा एमालेका स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले आज दुई नेताबीच छलफल हुने तय भएको जानकारी दिए ।

‘दुई नेताहरु बीचमा भेट हुन्छ । ठाउँ र समय भने यकिन भएको छैन’, नेम्वाङले लोकान्तरसँग भने ।

सोमबार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले पनि पार्टीमा जारी विवाद समाधानको लागि सम्भावित विकल्पमा छलफल गर्ने निर्णय गरेको थियो ।

बैठकमा भएको छलफलको विषयमा जानकारी दिदैं नेता रघुजी पन्तले चाडै अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचमा भेटवार्ता हुने बताएका थिए ।

पार्टीको विवाद समाधान गरेर एकतावद्ध बनाउनको लागि दोस्रो तहका नेताहरु निरन्तर प्रयासमा छन् । यीबीचमा दुई नेता भेटका लागि तयार भएका हुन् । छलफलका एजेण्डा तय गरेर भेटको स्थान र समय तय गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार