दुई सयले घट्यो सुनको मूल्य

काठमाडौं, १० भदौ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने स्थिर छ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुईले घटेको छ । बुधबार प्रतितोला ९१ हजार तीन सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेर प्रतितोला ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको मूल्य ९० हजार ६ सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । बुधबार चाँदीको मूल्य १२१० मा कारोबार भएकोमा आज पनि सोही मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

समाचार कारखाना

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार