काबुल आतंकवादी आक्रमणको उच्च जोखिममा

काठमाडौं । विभिन्न देशहरूले अफगानिस्तानको काबुल विमानस्थलमा आतंकवादी आक्रमणको उच्च जोखिम रहेको जनाएका छन् ।

अमेरिका, बेलायत र अष्ट्रेलियाले आफ्ना नागरिकलाई सुरक्षा सतर्कता अपनाउन चेतावनी जारी गरेका छन् । ती देशहरूले विमानस्थलबाहिर रहेका आफ्ना नागरिकलाई उक्त स्थान तत्काल छोड्न सुझाव दिइसकेका छन् ।

अफगानिस्तान छोड्न काबुल विमानस्थलभित्र र बाहिर हजारौँ मानिसले प्रतीक्षा गरिरहेका छन् । तालिबानले सत्ताकब्जा गरेपछि अहिलेसम्म ८२ हजारभन्दा धेरै मानिसलाई उद्धार गरिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले तत्काल विमानस्थल छोड्न बुधबार अर्लट जारी गरेको हो । यस्तै, बेलायतले पनि तत्काल सुरक्षित स्थानमा जान आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

बुधबारको पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्कनले तालिबानले नियन्त्रण गरेको अस्थिर वातावरणमा काम गरिरहेको, सँगै आईएसआइएस–के को हमलाको साँच्चै नै सम्भावना रहेको बताए । उनले भने, “हामीले हरेक सावधानी अपनाइरहेका छौँ । तर, धेरै उच्च जोखिम छ ।”

अष्ट्रेलियाका विदेशमन्त्रीले पनि काबुलमा आतंकवादी आक्रमणको उच्च जोखिम रहेको बताएका छन् ।

आतंकवादी हमलाको सन्दर्भमा तालिबान प्रवक्ताले केही खराब चाहना भएकाहरूले आक्रमण गरी सुरक्षा व्यवस्था भंग खोजेकाले क्षतिबाट बच्न विमानस्थलनजिक नजान भनेको सीएनएनले जनाएको छ ।

स्लामिक स्टेटले तालिबानलाई आफ्नो शत्रुको रूपमा ठान्ने गरेको अमेरिकी विश्वास छ ।

आईएसआइएस–के ले २०१६ मा अफगानिस्तानको राजधानी काबुलसहित अरू स्थानमा थुप्रै आत्मघाती आक्रमण गराएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार