एक सातामै मुख्यमन्त्री आचार्य अल्पमतमा, राईले मागे राजीनामा

विराटनगर । नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेन्द्र राईले मुख्यमन्त्री भीम आचार्यलाई नैतिकताका आधारमा जिम्मेवारी छाड्न आग्रह गरेका छन् । गत बिहीबार मुख्यमन्त्री नियूक्त भएका आचार्य बुधबार नेकपा एमालेका १० जना सांसदले नेकपा एकिकृत समाजवादी पार्टी रोजेपछि अल्पमतमा छन् । अल्पमतमा परेका मुख्यमन्त्री आचार्यलाई नैतिकताका आधारमा पद छाड्न आग्रह गरेका हुन् ।

पद नछाडे विपक्षी गठबन्धनले हटाउने उनले बताए । बुधबार प्रदेश निर्वाचन कार्यालयमा दल सनाखतपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुख्यमन्त्रीको राजीनामाका लागि १–२ दिन पर्खिने बताए । ‘अल्पमतमा परेको उहाँहरुलाई पनि थाहा भइसकेको छ,’ उनले भने,‘‘नैतिकताको आधारमा छोड्नुहुन्छ भनेर १–२ दिन प्रतिक्षा गर्छौ ।’

प्रदेश १ को प्रदेशसभामा एमालेका ५१ सांसद थिए । तीमध्ये १० जनाले एकीकृत समाजवादी पार्टी मुख्यमन्त्री आचार्य अल्पमतमा छन् । बुधबार निर्वाचन कार्यालय पुगेर नेकपा एमालेका सांसद राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ,पदमकुमारी गुरुङ, सुनिता चौधरी,सरिता थापा र कृष्णकुमारी राईले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए ।

सांसद राईले प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धको नयाँ सरकार बन्ने र त्यसको नेतृत्व नेकपा एकीकृत समाजवादी पार्टीले गर्ने बताए ।

संविधान अनुसार चल्छु मुख्यमन्त्री

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले संविधान अनुसार चल्ने बताएका छन् । नेकपा एमालेका १० सांसदले एकीकृत समाजवादी दल रोजेपछि बुधबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संविधान अनुसार चल्ने बताए । नेकपा एकीकृत समाजवादी पार्टीका नेताले राजीनामा मागेपनि उनले तत्काल राजीनामा नदिने संकेत गरे । उनले भने ‘ हामी संवैधानिक कानुनी प्रक्रियाबाट अघि बढ्छौं ।’

प्रदेश १ का ९२ जना सांसद छन् । एमालेका ५१ मध्ये १० जनाले नयाँ पार्टी रोजेपछि हाल सभामुखसहित ४१ जना छन् । प्रदेशमा नेपाली काङ्ग्रेसका २१, माओवादी केन्द्रका १५, जसपाका ३ र राप्रपा र संघिय लोकतान्त्रि राष्ट्रिय मञ्चका एक–एक जना सांसद छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार