३५ सय ५३ संक्रमित थपिए, संक्रमण दर २८ प्रतिशत

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ४ सय ९८ पीसीआर परीक्षण गर्दा २ हजार ९२२ र ४ हजार ५ सय ८३ एन्टीजेन परीक्षण गर्दा ६३१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो केही दिनयता निरन्तर संक्रमण बढ्दै जादा सक्रिय संक्रमितको संख्या १४ हजार ३ सय ४० पुगेको छ । पछिल्लो २४ घण्टामा २७१ जना संक्रमणमुक्त भएका छन्, भने थप १ जनाको मृत्यु भएको छ ।

संक्रमण दर पीसीआरमा २७।८ प्रतिशत र समग्रमा २३।६ प्रतिशत देखिएको छ । काठमाडौंमा १४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ संक्रमित थपिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार