मुलुकको अर्थतन्त्र इतिहासकै संकटमा

काठमाडौं । मुलुकको अर्थतन्त्र इतिहासकै सबैभन्दा गम्भीर मोडमा पुगेको छ । संकटग्रस्त स्थितिको सामना गरिरहेको अर्थतन्त्रका सबैजसो सूचक नकारात्मक छन् । आर्थिक वर्ष २०७८र७९ को मंसिर महिनासम्मको तथ्यांकले मुलुकको अर्थतन्त्र जर्जर अवस्थामा पुगेको देखाउँछ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर महिनासम्म १ खर्ब ९५ अर्ब १ करोड रुपैयाँ शोधान्तर घाटा छ । त्यस्तै मंसिर महिनाको मूल्यवृद्धि दर ७।११ प्रतिशत छ । कात्तिकमा मूल्यवृद्धि दर ५।३२ प्रतिशत थियो ।

विदेशी विनिमय संचिति १३।२ प्रतिशतले घटेको छ । जुन कात्तिक महिनामा ११ प्रतिशत थियो । त्यस्तै विदेशबाट नेपाल भित्रने रकम ९रेमिट्यान्स० पनि नराम्ररी घटेको छ । तथ्यांकअनुसार ६।८ प्रतिशतले रेमिट्यान्स भित्रने दर घटेको छ ।

त्यस्तै वस्तुको निर्यात घटेको छ भने आयात बढेको छ । तथ्यांकअनुसार ५९।५ प्रतिशतले आयात बढेको छ । परिणामस्वरुप व्यापारघाटा भने कहालीलाग्दो गरी बढेको छ । अहिले व्यापारघाटा ५४।७ प्रतिशतले बढेको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार