काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९ ० संक्रमणको चिन्ह वा लक्षण भएका व्यक्तिहरु अनिवार्य रुपमा ५ दिन क्वारेन्टिनमा बस्नु पर्ने भएको छ ।
जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड–१९ को चिन्ह वा लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम सरकारले लागू गरेको हो ।
पाँच दिन क्वारेन्टिनमा बसेपछि कोभिड–१९ को परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका व्यक्ति मात्रै काममा आउन पाउने छन् ।