टुँडिखेलमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा चार खेल सम्पन्न

भोजपुर । भोजपुरको स्थानीय टुँडिखेलमा जारी जिल्ला भोजपुर लिग फुटबल प्रतियोगितामा आज चार खेल सम्पन्न भएको छ । द सोल्टी युनाइटेड र भोजपुर युथ एकाडेमीबीचका खेलमा सोल्टीका मन्दिप राईले गरेको एक गोल नै निर्णायक बन्यो । यसैगरी, भोजपुर युवा क्लब र कोदार फुटबल क्लबबीच भएको दोस्रो खेलमा सात गोल गर्दै कोदार विजयी भयो ।

भोजपुर युवा क्लबले कुनै पनि गोल गर्न सकेन भने कोदारका तर्फबाट सन्तोष तामाङले तीन गोल, रेमन उदासले दुई, निशन श्रेष्ठले एक र विवश राईले एक गोल गरेका थिए ।

यस्तै, लाइब्रेरी फुटबल क्लब र देउराली फुटबल क्लबका बीचमा भएको तेस्रो खेलमा लाइब्रेरीका तर्फबाट कुमार बस्नेत र आसिस राईले दुई गोल गरे भने देउरालीका निनाहाङ राईले एक गोल मात्र गर्न सफल भए ।

यस्तै चौथो खेलमा रिमाचुङ स्पोर्टस एकाडेमीका तर्फबाट तीन गोल भयो भने प्रतिस्पर्धी नमुना फुटबल क्लबले कुनै पनि गोल गर्न सकेन । स्थानीय आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले बुधबार पनि चार खेल हुने जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार