गठबन्धन बैठक लगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोटमा

काठमाडौँ । अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी०लाई लिएर गठबन्धन टुटन लागेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटन बालकोट पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार साझ बसेको गठबन्धनको बैठक लगत्तै देउवा राति ८ बजेपछि बालकोट पुगेका हुन् ।

एमसीसीबारे गठबन्धनमा सहमति नभएपछि देउवा ओलीसँग परामर्श गर्न पुगेका हुन् । आजै कांग्रेसका दोस्रो तहका नेताहरुले पनि ओलीसँग कुरा गरेका थिए ।

गठबन्धनको बैठक लगत्तै देउवा ओलीलाई भेट्न बालकोटतर्फ लागेका हुन् । एमसीसीबारे अन्तिम निर्णय गर्ने भनेर बसेको सत्तारुढ गठबन्धनको बैठक विना निश्कर्ष टुंगिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार