माओवादि केन्द्रका अध्यक्ष खड्का नेपाली कांग्रेस प्रवेश

भोजपुर । नेपाल कम्युनिष्ट पार्टि माओवादि केन्द्र अरुण गाउँपालिका वडा नं ६ जरायोटार वडा कमिटि अध्यक्ष राम बहादुर खड्का नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । पार्टिको जिल्ला कार्य समितिको बैठकमा खड्काले माओवादि केन्द्र परित्याग गरी काङग्रेस प्रवेश गरेको अरुण गाउँपालिका पार्टि सचिव ज्ञानेन्द्र दाहालले जनाए । उनले माओवादि केन्द्रले स्थानीय जनताका लागी केहि काम गर्न नसक्नुका साथै पार्टिले स्थानीयलाई झुक्याउने काम मात्र गरेको उल्लेख गर्दै आफु काङ्ग्रेस प्रवेश गरेको बताए ।
पर्टिमा स्वागत गर्दै अरुण गाउँपालिका पार्टि सभापती श्रीकुमार राईले खड्कालाई आगामी दिनमा पार्टिमा रहेर सक्रिय राजनीती गर्न पार्टिको कुनैपनी जिम्मेवारी प्रदान गर्ने बताए ।
उनलाई नेपाली काङ्ग्रेस केन्द्रिय कार्य समितिका सदस्य तथा मा. राज्यमन्त्री उमेश श्रेष्ठ, केन्द्रय सदस्य सुशिला ढकाल, प्रदेश सदस्य कैलाश कुमार आले, निर्मला खड्का लगायत जिल्ला कमिटिका पदाधिकाहरीहरुले पार्टि प्रवेश गराएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार