अन्तराष्ट्रिय आमन्त्रण भोजपुर गोल्डकपमा रुपन्देहीले उदयपुरलाई हरायो

भोजपुर । पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत बिहिवार भएको खेलमा गोर्खा ब्वाइज रुपन्देही बिजयी भएको छ । बसाहा क्लव उदयपुरलाई १ का बिरुद्ध ३ गोल गर्दे रुपन्देही सेमिफाइनल प्रवेश गरेको हो ।
बसाहा क्लवका लागि जर्सी नम्वर ११ का प्रदिप कार्कीले खेलको ४७ औ मिनेटमा १ गोल मात्र गर्न सफल भए । रुपन्देहीका तर्फबाट जर्सी नम्वर १० का यानिकले खेलको ३६ औ र ८१ औ मिनेटमा २ गोल गरे । त्यस्तै खेलको ८१ औ मिनेटमा रुपन्देहीका तर्फबाट जर्सी नम्वर ११ का खेलाडी सुमित खडकाले १ गोल गरी आफनो टिमलाई सेमिफाइनलको यात्रामा पुर्याएका छन ।
भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा चैत्र १ गतेबाट नकआउटका आधारमा संचालन भई रहेको प्रतियोगिता अन्तर्गत शुक्रवारको अन्तिम खेल अमुक्ता परिवार, वेस्ट बङ्गाल भारत र सतासीधाम स्पोर्टिङ क्लब झापाका बिचमा हुने आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले जानकारी दिए । मंगलवार भएको पहिलो खेलमा मोरङको सगरमाथा युथ क्लवलाई हराउँदै आयोजक भोजपुर जिल्ला फुटवल संघको टिम सेमिफाइनलमा पुगेको छ भने बुधवार भएको दोश्रो खेलमा भगवती स्पोर्ट्स क्लब खोटाङलाई जित्दै राष्ट्रिय जागृती क्लब सुनसरी सेमिफाइल प्रवेश गरेको छ ।
३० लाख २७ हजार ५५ रुपैयाँको लागतमा चैत्र १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा अमुक्ता परिवार, वेस्ट बङ्गाल भारत, भोजपुर फुटबल क्लब, सगरमाथा युथ क्लब मोरङ, राष्ट्रिय जागृती क्लब सुनसरी, भगवती स्पोर्ट्स क्लब खोटाङ, बसाहा क्लब उदयपुर, सतासीधाम स्पोर्टिङ क्लब झापा र गोर्खा ब्वाइज रुपन्देही गरी ८ टिमले सहभागिता जनाएका थिए ।
प्रतियोगिता सञ्चालनका लागि मुख्य प्रायोजक भोजपुर नगरपालिकाले २५ लाख, सहप्रायोजक चौधरी ग्रुपको एक लाख र राष्ट्रिय वाणिज्य बैङ्कको एक लाख सहयोग रहने छ । प्रतियोगिताको विजेताले नगद पाँच लाख, उपविजेताले नगद तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार