चिनियाँ परराष्ट्रमन्त्री वाङ स्वदेश फिर्ता

काठमाडौँ । चिनियाँ स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । आइतबार अपराह्न वाङलाई परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलसहितको टोलीले बिदाइ गरेको हो ।

गत शुक्रबार काठमाडौं आएका वाङले आफ्नो औपचारिक भ्रमण अवधिभर प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका थिए । साथै नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि उनले भेटवार्ता गरेका थिए । चिनियाँ परराष्ट्रमन्त्री वाङले चीनको सहयोगमा निर्मित पोखरा विमानस्थलको साँचो प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार