गुल्मी महोत्सवको तयारी तीव्र, ६ दर्जन कलाकारले प्रस्तुति दिने

गुल्मी । यही चैत २५ गतेदेखि तम्घासमा गुल्मी महोत्सव आयोजना हुँदैछ । ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ चैत २५ गतेदेखि वैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवं औद्योगिक मेला हुन लागेको हो ।

महोत्सव नजिकिएसँगै तयारी तीव्र पारिएको छ । मेलामा झण्डै ६ दर्जन बढी नेपालका ख्यातिप्राप्त हास्य व्यंग्यसहित विभिन्न विधाका कलाकारहरुको प्रस्तुति रहने चौथो गुल्मी महोत्सव सांस्कृतिक कार्यक्रम संयोजक ईश्वरी कँडेलले बताए ।

मेलामा राष्ट्रिय स्तरमा चर्चामा रहेका कलाकारहरु बोमबहादुर कार्की, शिव परियार, राजु परियार, बद्री पंगेनी, पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा, चन्द्र शर्मा, खुमन अधिकारी, कमल खत्री, रामजी खाँड, रचना रिमाल, शान्तिश्री परियार रहेका छन् । यस्तै स्थानीय कलाकारहरुले पनि प्रस्तुति दिनेछन् । गुल्मी महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा राखेको गुल्मी उद्योग वाणिज्य संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार