भोजपुरमा स्थानीय तह निर्वाचनका लागि करिब एक लाख २६ हजार मतदाता

निरोज कोइराला
भोजपुर । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा भोजपुरमा करिब एक लाख २६ हजार मतदाता सामेल हुने निर्वाचन कार्यालय भोजपुरले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार पुरुष ६५ हजार दुई सय २१ र महिला ६० हजार सात सय चार र अन्य एक जना गरी कुल एक लाख २५ हजार नौ सय २६ जना स्थानीय तह निर्वाचनका लागि मतदाता हुन् ।

निर्वाचनका लागि भोजपुरमा ८७ वटा मतदात स्थल कायम गरिएको छ भने एक सय ६० मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ ।

भोजपुरमा दुई नगरपालिका र सातवटा गाउँपालिका गरी जम्मा ८१ वटा वडा छन् । निर्वाचन कार्यालयले दिएको पालिकास्तरीय विवरणअनुसार अरुण गाउँपालिका १२ हजार आठ सय ३६, आमचोक गाउँपालिका १२ हजार पाँच सय ५४, टेम्केमैयुङ गाउँपालिका १३ हजार ६ सय १८ जना मतदाता छन् ।

पौवादुङमा गाउँपालिका १० हजार सात सय २५, भोजपुर नगरपालिका १९ हजार चार सय ९०, रामप्रसाद राई गाउँपालिका ११ हजार नौ सय ७२, षडानन्द नगरपालिका २१ हजार सात सय ९७, साल्पासिलिछो गाउँपालिकामा आठ हजार आठ सय ५४ र हतुवागढी गाउँपालिकामा १४ हजार एक सय ८० जना मतदाता कायम भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार