भोजपुरमा छायाङ्कन गरिएको चलचित्र “एक करोडको नोट” को टाईटल गीत सार्वजनिक

भोजपुर । भोजपुरमा छायाङ्कन गरिएको चलचित्र “एक करोडको नोट” को टाईटल गीत सार्वजनिक गरिएको छ । आर्जु मिडिया प्रा.लि. द्धरा निर्माण गरिएको चलचित्रको टाईटल गीत भोजपुर नगरपालिकाका प्रमुख मेयर कैलाश कुमार आलेले एका कार्यक्रमका विच सार्वजनिक गरेका थिए । उक्त टाईटल गीतमा करण श्रेष्ठ र उशा उप्रेतीको अभिनय रहेको छ ।

गीतमा अन्जु पन्त र निशान भट्टराईको स्वर रहेको छ भने डिबि खनालको शव्दमा अभिनास राईले संगीत भरेका छन् । स्थानीय स्तरमा छायांकन गरिएको चलचित्रमा गाउँले परिवेश झल्कने कथाबस्तु भएकाले चलचित्रले सवैको मन जित्ने चलचित्र निर्माण समितिले अपेक्षा गरेको छ । कार्यक्रका प्रमुख अतिथि भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले चलचित्र मार्फत कलाकारको क्षमतालाई उजागार गरेको बताए छन् ।

उक्र गीत सार्वजनिक कार्यक्रममा भोजपुर नगरपालिकाका उपमेयर ममिता राई , उद्योग वाणिज्य संघका अध्यक्ष धुव्रलाल श्रेष्ठ, उपध्यक्ष कर्ण मोक्तान नेपाल पत्रकार महासंघ अध्यक्ष एक्सन राई, सामाजिक सचेतनाका लागि सोडा का अध्यक्ष नविन प्रधान, अग्रज पत्रकार निरोज कोक्ष्राला लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार