ईश्वर मन्दिर काठमाडौँको सहयोगमा अरुण माध्यमिक विद्यालयमा इ–लर्निङ्ग सेन्टर सञ्चालनमा

भोजपुर । ईश्वर मन्दिर काठमाडौँको सहयोग पछि अरुण माध्यमिक विद्यालयमा इ–लर्निङ्ग सेन्टर सञ्चालनमा आएको छ । पुर्वअर्थमन्त्री शंकर प्रसाद कोइराला संरक्षक रहेको ईश्वर मन्दिर काठमाडौँले विद्यालयका लागि २० थान कम्प्युटर र १ थान स्मार्ट टेलिभिजन सहयोग गरेसँगै विद्यालयमा इ–लर्निङ्ग सेन्टर स्थापना भई संचालनमा आएको हो ।

विद्यालयमा इ–लर्निङ्ग सेन्टरको शुभारम्भ पुर्वअर्थमन्त्री शंकर प्रसाद कोइरालाले गरेका छन् । भोजपुरको उत्तरमा रहेको षडानन्द नगरपालिकाको वडा नम्बर ७ मा रहेको अरुण माध्यमिक विद्यालयमा इ–लर्निङ्ग सेन्टर स्थापना भएसंगै विद्यार्थीहरु प्रविधिमैत्री शिक्षा लिन पाउँदा हर्सित बनेका छन् । विगत केही वर्षबाट संस्थाले दुर्गमका विद्यालयहरूमा इ–लर्निङ्ग सेन्टर स्थापनाका लागि सहयोग गर्दै आइरहेको छ ।

पूर्वअर्थमन्त्री कोइरालाले आवाल ब्रह्मचारी षडानन्द अधिकारीले शिक्षाको ज्योति छरेको दिङ्लामा रहेको विद्यालयमा आफ्नो संस्थाले इ–लर्निङ्ग सेन्टर स्थापना गर्न पाउनु खुसीको कुरा भएको बताए । कोइरालाले भने, ‘इ–लर्निङ्ग सेन्टरबाट विद्यार्थी, शिक्षक र सर्वसाधारणले समेत फाइदा लिनुपर्छ ।’ आठ वर्षअघि विद्यालयको स्वर्ण महोत्सवमा पनि प्रमुख अतिथिको रूपमा उपस्थित भएको स्मरण गर्दै कोइरालाले संस्थागत र व्यक्तिगततर्फबाट आपूm विद्यालयलाई सहयोग गर्न सधैँ कटिबद्ध रहने बताए ।

सो क्रममा ईश्वर मन्दिरका अध्यक्ष प्रमेश केसीले आजको समयमा कम्प्युटरको ज्ञान नभई अघि बढ्न नसकिने भएकाले यो सबै क्षेत्रमा अनिवार्य भएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेश विष्टले अबका दिनमा विद्यालयमा पनि पूर्वाधार बनिसकेकाले गुणस्तरीय शिक्षा दिन सक्षम भएको बताएका थिए । विद्यालयका प्रधानाध्यापक सञ्जीव न्यौपानेले इ–लर्निङ्ग सेन्टरको दिगो र अधिकतम उपयोग गरेर गुणस्तरीय कम्प्युटर शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार