भोजपुर उद्योग वाणिज्य सङ्घ भोजपुरको अध्यक्षमा मोक्तान

भोजपुर । १२औँ साधारणसभा तथा अधिवेशनबाट भोजपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कर्णबहादुर मोक्तान सर्वसम्मत चयन भएका छन् । अधिवेशनले प्रथम उपाध्यक्षमा नीरकुमार बिक, द्वितीय उपाध्यक्ष प्रवीणकुमा्र सुवाल, महासचिव नवीन प्रधान, सचिव विन्द्रकुमार राई र कोषाध्यक्षमा बद्री श्रेष्ठलाई चयन गरेको छ ।

सुरेन्द्रदेव बल, लालबहादुर श्रेष्ठ, अनिल बराइली, अनिल बस्नेत, विमल रणपहेली, उर्मिला श्रेष्ठ , पवित्रादेवी राई, वसन्ती राई, देवराज प्रधानलगायतलाई आगामी कार्यकालका लागि सदस्यमा सर्वसम्मत छनोट गरिएको उद्योग वाणिज्य सङ्घका कार्यलय सचिव मीना कार्कीले जानकारी दिइन् ।

साधारणसभा तथा अधिवेशनको उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकालले बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार