साना सहरी खानेपानी आयोजना र भोजपुर नगरपालिकाको सभाहल मन्त्री कार्की गरे उद्घाटान

भोजपुर । भोजपुर नगरपालिकामा निमार्ण सम्पन्न भएको साना सहरी खानेपानी आयोजना र भोजपुर नगरपालिकाको सभाहल नेपाल सरकारका प्रवक्ता एंव संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले सयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् ।

आज मौषम प्रतिकुलताका कारण मन्त्री कार्की गृह जिल्ला आउन नसकेपछि भर्चुअल माध्यमबाट मन्त्री कार्की र मेयर आलेले भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै मन्त्री कार्कीले भोजपुर नगरपालिमा जनप्रतिनि आएपछि मेयर कैलाश कुमार आलेको नेतृत्वमा भएको विकास र परिवर्तनले साच्चिकै नगर उदाहरणीय नगरको रुपमा परिचित भएको बताए । उनले भने ‘नमुना सभाहल तथा प्रशासनीक भवन निमार्ण एंव भौतीक संरचना निमार्ण र तिनभंगाले बृहत खानेपानी आयोजना भोजपुृर तथा समग्र देशकै लागी उदाहरणीय कार्यहरु हुन्, यसका लागी नगरप्रमुख कैलाश कुमार आलेलाई हार्दिक बधाई दिनचाहान्छु ।’ उनले थप जिल्लाको विकास निमार्ण र परिवर्तनका आफु सदैव लागी पर्ने प्रतिवद्धतासगैँ जिल्लामा भएका समस्याहरुलाई समाधान गर्न आफु मातहतको मन्त्रालय मार्फत पहल तथा काम गर्ने उद्घोष समेत गरे ।
फरक प्रशंगमा बोल्दै मन्त्री कार्कीले आगामी स्थानीय तहको निर्वाचन निर्धारीत समयमै हुने बताए । मुलुक अहिले स्थानीय, प्रदेश र संघिय निर्वाचनको मुखमा रहेको उल्लेख गर्दै मन्त्री कार्कीले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन निर्धारीत समयमै हुनेमा भोजपुरका जनताहरु ढुक्क हुन उनले आग्रह समेत गरे ।
त्यस्तै उनले नवनिर्मित सभाहल भाषण गर्न, कार्यक्रम गर्न मात्र नभएर भोजपुरका समस्याहरु संकलन तथा छलफल गर्ने ठाउँको रुपमा प्रयोग गर्न आग्रह गर्दैे भने वृहत खानेपानी आयोजना निर्धारीत समयमै सम्पन्न भएको प्रती नगरपालिका, खानेपानी समीतीलाई बधाई तथा धन्यवाद समेत दिन्छु ।
त्यस्तै कार्यक्रमका अध्यक्ष एंव भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले आफुले नगरपालिकामा निर्वाचित भएपश्चात गरेका कामहरुले प्राथमीकता पाउदा आफु खुशी भएको बताए । भोजपुरले देशकै उच्च स्तरीय राष्ट्रपति, मुख्यमन्त्री लगायत महत्वपुर्ण व्यक्तित्व पाएपनी जिल्लामा अपेक्षित विकास र परिवर्तन नभएको प्रति मेयर आलेले दुख व्यक्त समेत गरे । आफुले निर्वाचन पश्चात तत्काल कटेरोमा बसेर चलाएको नगरपालिका भवनलाई सम्झीदै हालको ४ तले पक्की प्रशासनीक भवन र बृहत सभाहल साथै नगरवासीहरुका लागी ५० बर्ष सम्म पुग्ने तिनभंगाले शहरी खानेपानीको व्यवस्था गर्न पाउदा आफु हर्सीत भएको समेत उनले सुनाए । त्यस्तै उनले २०७४ को निर्वाचन पश्चात आफुले नगरमा शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, विद्युतमा आमुल परिवर्तन ल्याएको साथै अव नगरमा ढल व्यवस्थापनका लागी ६५ करोडमा ठेक्का लागेर काम गर्ने प्रक्रिया अगाडि बढेको समेत उनले उल्लेख गरे ।
उद्घाटन भएको खानेपानी आयोजना सञ्चालनका लागी कुल लागतमध्ये ७० प्रतिशत नेपाल सरकारको अनुदान, २५ प्रतिशत नगर बिकास कोषबाट क्रण रकम र ५ प्रतिशत अग्रीम नगद उपभोक्ताहरुबाट जम्मा करिब ६८ करोड ५२ लाख ६० हजार १ सय ९४ मा निमार्ण भएको हो । आयोजनाबाट भोजपुर नगरपालिकाका ५, ६,७, ८, ९ र १२ वडाका १२ हजार ३ सय २३ उपभोक्ता लाभान्वीत भएको सिलिचुङ खानेपानी तथा सरसफाई मुल उपभोत्ता समिति भोजपुरका अध्यक्ष प्रविन सुवालले बताए । आयोजना सम्पन्न भएसगैँ नगरक्षेत्रमा अव दैनीक २४ सै घण्टा एन।डि।डब्लु।क्यु।एस को मापदण्ड अनुसार शुद्ध पानी आएको छ ।
कार्यक्रमका विशेष अतिथि उमेशजंग राईमाझिले जिल्लामा आवश्यक सभाहल निमार्ण र बृहत तिनभंगाले शहरी खानेपानी आयोजनाले भोजपुरको आयाम परिवर्तन हुने बताए । साथै उनले अव भोजपुर चतरा सडकलाई प्राथमीकतामा राखेर काम गरिदिन मन्त्रीलाई आग्रह समेत गरे । यता , नेपाली काङग्रेसका पुर्व पार्टि सभापती नन्दमणी राईले खानेपानी आयोजना सञ्चालनका क्रममा आएका बाधा, अवरोधले पानी नआउने होकी भन्ने शंका अव भने हटेको बताए । साथै उनले नेपाली काङग्रेसका मेयरले बनाएको नगरपालिका प्रशासनीक भवन, सभाहल र उनकै नेतृत्वमा सम्पन्न बृहत खानेपानी आयोजना, विद्युतले जिल्लाकै राम्रो नगरपालिका स्थापीत भएको बताए ।

उक्त उद्घाटन कार्यक्रममा भोजपुर नगरको विकास, परिवर्तन र समृद्धिका लागी नगरक्षेत्रमा भौतीक, आर्थीक तथा विभिन्न क्षेत्रमा लगानी एंव योग्दान गर्ने स्थानीय बद्रि श्रेष्ठ, बचरी माया तामाङ, रामचन्द्र श्रेष्ठ, रमेश कुमार आले, डम्बर श्रेष्ठ, हिरा श्रेष्ठ, अजुद्ध किरात, कमला बुढाथोकी, सविता राई, पुष्पा श्रेष्ठ, स्व, ध्यान ब राई, स्व सोभीतमान राई, स्व सागर नारायण मोक्तान, नन्दमणी राई सहित १५ जना स्थानीयहरुलाई नगरपालिकाले सम्मान समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार