तेह्रथुममा चट्याङ लागेर बालिकाको मृत्यु

तेह्रथुम । तेह्रथुमको आठराई(६ चुहानडाँडा स्थित फुङसिङमा चट्याङले लागेर घाइते भएकी बालिकाको मृत्यु भएको छ ।

अपराह्न ५स्३० बजे वर्षासँगै परेको चट्याङ लाग्दा १० वर्षीया बालिका मिना कन्दङवाको मृत्यु भएको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेषकराम थान्दारले बताए ।

चट्याङ लागेर घाइते भएकी बालिकाको उपचारको लागि पाँचथर लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङबाट वर्ष ५१ का दिलकुमार थोप्रा, वर्ष ३५ की ललिता थोप्रा र वर्ष ३७ का सुक्रराज थोप्रा घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार