भोजपुरको दुई पालिकामा एमालेले छान्यो प्रमुख(उपप्रमुखका सर्वसम्मत उम्मेदवार

भोजपुर । भोजपुरको दुई स्थानीय तहको प्रमुख उपप्रमुखमा नेकपा एमालेले उम्मेदवार टुङ्गो लगाएको छ । भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकामा सम्बन्धित कमिटीले सर्वसम्मत रुपमा उम्मेदवार टुङ्गो लगाएको हो ।

एमालेले भोजपुर नगरपालिका मेयरमा भरत तामाङ र उपमेयरमा निर्मला शेर्पालाई अघि सारेको छ । त्यस्तै टेम्कैमैयुङ गाउँपालिकामा अहिलेका अध्यक्ष ध्रुवराज राईलाई फेरि उम्मेदवार बनाउने निर्णय गरिएको छ । टेम्केमैयुङको उपाध्यक्षमा रमा राईलाई उम्मेदवार बनाउन सिफारिस गरिएको छ । रमा हाल जिल्ला समन्वय समिति भोजपुरकी सदस्य छिन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार