भोजपुरको विकासका लागि एमालेको गुरुयोजना सार्वजनिक

भोजपुर । नेकपा एमाले भोजपुरले जिल्लाको विकासको गुरुयोजना सार्वजनिक गरेको छ । जिल्लाका बृहत्तर विकासका लागि सडक, पुल, विद्युत्, कृषि, रोजगारी, पर्यटन, खानेपानी लगाएतको योजनाबद्ध विकास गर्ने लक्ष्यका साथ एमालेले गुरुयोजना तयार गरेको हो ।  गुरुयोजनाको एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मुख्यमन्त्री शेरधन राई सार्वजनिक गरेका हुन् ।

पार्टीले विज्ञ समुह गठन गरेर तयार गरिएको गुरुयोजनामा यहाँका जनताको आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर विकासको खाका तयार गरिएको एमालेको जिल्ला पार्टी अध्यक्ष शरण कुमार राईले जानकारी दिए ।

विज्ञहरुले तयार गरेको यो गुरुयोजनालाई यहाँका स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारलेसमेत कार्यान्वयन गराउने एमालेले जनाएको छ । ‘समृद्ध भोजपुर र सम्मानित भोजपुरको आधार, कृषि पूर्वाधार उत्पादन र रोजगार’ भन्ने मुल नाराका साथ गुरुयोजना तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार