भोजपुर । भोजपुर नगरपालिका १ हेलौँछामा नेकपा एमाले परित्याग गरी ८५ जना नेपाली काङग्रेसमा प्रवेश गरेका छन् । स्थानीय गौतम तामाङ, निमा शेर्पा, विमला राई, शर्मीला राई, सुवास तामाङ, सन्तोष राई लगायत ८५ जना नेकपा एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेको वडा सभापती भंक्त बहादुर तामाङले बताए ।
नेकपा एमालेले गाउँको विकासका लागी केहि गर्न नसकेको साथै आगामी निर्वाचनमा पनी पार्टीले राम्रो उमेद्वार नउठाएपछि आफुहरु कांग्रेस प्रवेश गरेको नवप्रवेशीले बताएका छन् । साथै उनीहरुले अव स्थानीय तहको निर्वाचनमा नेपाली काङग्रेसलाई चुनाव जिताउने समेत प्रतिवद्धता जनाएका छन् ।
चुनावमा नेपाली काङग्रेसलाई विजयी गराउन नेकपा एमाले सहित स्थानीयहरु पार्टीनै प्रवेश गरेको काङग्रेस पार्टीका स्थानीय नेता भक्तजंग राईले जनाए ।
आशन्न बैशाख ३० गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा नगरपालीका मेयर पदका लागी कैलाश कुमार आले, उपमेयरमा ममिता राई, वडा नं १ को वडाध्यक्षका लागी भक्त बहादुर तामाङ र सदस्यहरु कमल राना मगर, विनोद राई,सुर्यलक्ष्मी राई र कुमारी माया दर्जीको उमेद्वारी रहेको छ ।
नवप्रवेशी उनीहरुलाई नेपाली काङग्रेसका केन्द्रिय सदस्य उमेशजंग राईमाझी, प्रदेश कमिटि सदस्य तथा भोजपुर नगरपालिकाका मेयरका प्रत्यासी उमेद्वार कैलाश कुमार आले, प्रत्यासी उमेद्वार उपमेयर ममिता राई, पार्टी प्रदेश सदस्य निर्मला खड्का, जिल्ला उपसभापती डम्बर श्रेष्ठ, सहसचिव मनोज खनाल लगायतले अविर, खादा सहित पार्टी प्रवेश गराएका थिए भने कार्यक्रममा वडाका प्रत्यासी उमेद्वार, पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिती रहेको थियो ।