भोजपुर । भोजपुर नगरपालिका १२ टक्सारमा नेकपा एमाले परित्याग गरी १४ जना नेपाली काङग्रेसमा प्रवेश गरेका छन् । स्थानीय राजकुमार श्रेष्ठ, मिलन रणपहेली, रोशन शाक्य, राजन श्रेष्ठ लगायत १४ जना नेकपा एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेको जिल्ला सह सचिव मनोज खनालले जनाए । नेकपा एमालेले गाउँको विकासका लागी केहि गर्न नसकेको साथै आगामी निर्वाचनमा पनी पार्टीले राम्रो उमेद्वार नउठाएपछि आफुहरु कांग्रेस प्रवेश गरेको नवप्रवेशी रेमन उदासले बताएका छन् । साथै उनीहरुले अव स्थानीय तहको निर्वाचनमा नेपाली काङग्रेसलाई चुनाव जिताउने समेत प्रतिवद्धता जनाएका छन् ।
चुनावमा नेपाली काङग्रेसलाई विजयी गराउन नेकपा एमाले सहित स्थानीयहरु पार्टीनै प्रवेश गरेको काङग्रेस पार्टीका स्थानीय नेता गोविन्द कार्र्कीले जनाए ।
आशन्न बैशाख ३० गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा नगरपालीका मेयर पदका लागी कैलाश कुमार आले, उपमेयरमा ममिता राई, वडा नं १२ को वडाध्यक्षका लागी देवी प्रसाद कार्की र सदस्यहरु नर ब तामाङ, राज कुमार श्रेष्ठ, लक्ष्मी तामाङ श्रेष्ठ र तारा विश्वकर्माको उमेद्वारी रहेको छ ।
नवप्रवेशी उनीहरुलाई नेपाली काङग्रेसका नेता गोविन्द कार्की, प्रदेश कमिटि सदस्य तथा भोजपुर नगरपालिकाका मेयरका प्रत्यासी उमेद्वार कैलाश कुमार आले, प्रत्यासी उमेद्वार उपमेयर ममिता राई, पार्टी प्रदेश सदस्य निर्मला खड्का, जिल्ला उपसभापती डम्बर श्रेष्ठ,सचिव सफल किरात सहसचिव मनोज खनाल, कर्ण मोक्तान जसपाका विरजंग राई, नेकपा एसका रमेश शाक्य लगायतले अविर, खादा सहित पार्टी प्रवेश गराएका थिए भने कार्यक्रममा वडाका प्रत्यासी उमेद्वार, पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिती रहेको थियो ।