टेम्केमैयुङ गाउँपालिकालाई कृर्षिमा आधुनिकीरण गरी मुख्य आयस्रोतको माध्यम बनाउँछु : बस्नेत

भोजपुर । टेम्केमैयुङ गाउँपालिकालाई कृर्षिमा आधुनिकीरण गरी मुख्य आयस्रोतको माध्यम बनाउने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष पदमा उमेद्वार सरोज बस्नेतले बताएका छन् ।

उनले गाउँपालिकाको समृद्धिका लागि मुख्य एजेण्डाका रुपमा कृषिलाई अघि सारेका छन् । टेम्केमैयुङ गाउँपालिकामा कृषिको प्रचुर सम्भावना भएको बताउदै उनले कृषिको माध्यमाबाट नै गाउँपालिकालाई पनि समृद्ध गाउँपालिका बनाउन सम्भव हुने भएकाले कृषि प्रणालीलाई अर्थतन्त्रको मुल आधारका रूपमा स्थापित गर्दै पालिका बासीलाई रोजगारीको सृजना कृषीबाटै गर्ने समेत बताएका छन् ।

उनले पालिका भित्र उत्पादन भएका खाद्यय बस्तु तरकारी फलफूल बाजारीकरणको समेत गाउँपालिकाले व्यावस्थ गर्ने बताएका छन् । गाउँपालिकामा आगामी ५ वर्षभित्रमा रसायनिक मल न्युनिकरण गर्दै अगार्निक खेती तर्फ उन्मुख गराउने उनको योजना रहेको छ ।

विशेष गरी कृषि तथा पशुपालनलाई व्यावसायका रुपमा परिणत गर्न आवश्यक्ताका आधारमा कृषकलाई अनुदानको व्यावस्था गरी उन्नत जातका गाई, भैसी, बाख्रा र बंगुर पालनको यवस्था मिलाई जनतालाई स्थानीय स्तरमा नै आम्दानीको माध्यम बनाउने बस्नेतको लक्ष्य रहेको छ । पालिकाको प्रत्येक वडामा आवश्यक चिलिङभ्याट स्थापना गरी दुधको उ्रत्पादनलाई व्यावसायिक बनाइने, प्रत्येक भकारोलाई कम्पोष्ट वेडको रुपमा रुपान्तरण गरी प्राङगरिक मलमा आत्मनिर्भर बनाइने, टेम्केमैयुङको उत्पादन क्षेत्रको उत्पादकत्व पहिचान गरी खाद्य तथा नगदेवाली, तरकारी फलफुल र जडीबुटीको पकडक्षेत्र घोषणा गरी उत्पादनमा विशिष्टीकरणको नीति लिदै अलैची, सुन्तला, आलु, रायो र तोरीको पकेट क्षेत्र घोषणा गरी उत्यादकत्व वृध्दिको नीति लिदै चिया तथा कफी खेतीलाई व्यावसायीकरण गर्ने बताएको छ ।

साथै किसानलाई उत्पादन परिमाणका आधारमा वित्तीय प्रोत्साहन गरिने र खेतीयोग्य बाँझो रहेको जमिनमा अन्न, जटीबुटी, फलफूल, तरकारी खेती गर्नकिसानलाई प्रारम्भिक खर्च अनुदान र उत्पादित वस्तुको खरिदको व्यवस्था गरिने समेत टेम्केमैयुङ गाउँपालिका अध्यक्ष पदमा उमेद्वार सरोज बस्नेतले बताए ।

उनले सिंचाइको अभावमा बाँझो भएका खेतीयोग्य जमिनमा आवश्यक सिंचाइको प्रवन्धका लागि स्रोत पहिचान गरी आवश्यक खर्च व्यवस्थापनको पहल गर्दै चिस्यान केन्द्र (कोल्ड स्टोर) स्थापना गर्ने योजना रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार