भोजपुरका ११ वटा वडाको नतिजा सार्वजनिक, कुन वडा कस्कले मार्यो बाजी ?

भोजपुर । शुक्रबार भएको स्थानीय तहको निर्वाचन अन्र्तगत यतिबेला मतगणना धमाधम भइरहेको छ भने परिणामहरु सार्वजनिक हुने क्रम शुरु भएको छ । नौ वटा पालिका रहेको भोजपुरमा ८१ वडा रहेका छन् । जसमध्ये १० वटा वडाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक भएको परिणाम अनुसार एमालेले ५ वटा वडा जितेको छ । माओवादीले ३ र कांग्रेसले ३ वडा जितेका छन् । नतिजा अनुसार एमालेले हतुवागढी गाउँपालिकाको १ र ९ वडा जितेको छ । वडा नं १ मा कुमार विष्ट र ९ मा सञ्जाल राईको प्यानलले नै जितेको हो ।

त्यस्तै अरुण गाउँपालिका १, याङपाङमा रामकुमार तामाङको प्यानलै जितेको हो । त्यस्तै पौवादुङमा गाउँपालिकाको वडा नं १ श्यामशिलामा राजेन्द्र तामाङले वडाध्यक्षमा जितेका छन् । साल्पा सिलिछो २ मा गणेश खत्रीले वडाध्यक्ष जितेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रले भोजपुर नगरपालिका १ मा जिरामनी राईले वडाध्यक्ष जितेका छन् । टेम्केमैयुङ ९ मा माओवादी केन्द्रबाट नभराज माङपाहाङ र आमचोक १० मा बलदीप राईले वडाध्यक्ष जितेका छन् ।

त्यस्तै नेपाली कांग्रेसले साल्पा सिलिछो १ मा वडाध्यक्ष जितेको छ । यहाँ गणेश बुढाथोकीले वडाध्यक्ष जितेका हुन् । त्यस्तै भोजपुर नगरपालिका वडा नं. २ मा प्रसाद तामाङले जितेका छन् । आमचोक १ मा कांग्रेसका निम्नुरी शेर्पाले वडाध्यक्ष जितेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार