भोजपुरको अरुण गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

भोजपुर । भोजपुरको पुर्वी अरुण गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । यहाँ ४०३ मतान्तरका साथ कांग्रेसका शालिकराम खत्री निर्वाचित भए । उनले २८८७ मत ल्याउँदा नेकपा एमालेका नारायणप्रसाद घिमिरे २४२४ ल्याएका हुन् ।

यस्तै उपाध्यक्षमा ३००० मत ल्याएर कांग्रेसकै विनीता ढकाल विजयी भइन् । २०७४ मा पनि ढकालले जितेकी थिइन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी कविता राईले २५४४ मत ल्याइन् । अघिल्लो चुनावमा पनि यहाँ अध्यक्ष र पाध्यक्ष दुवै पद कांग्रेसले जितेको थियो । अध्यक्षमा गजेन्द्रबहादुर कार्की विजयी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार