६८ वर्ष माथिकालाई वृद्धभत्ता दिने सरकारको निर्णय

सरकारले ६८ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्षभन्दा माथि उमेर समूहको लागि वृद्धभत्ता दिने व्यवस्था गरेको बताएका हुन्। योभन्दा अघि ७० वर्ष रहेकोमा यो वर्षदेखि २ वर्ष उमेर कम गराएको हो। त्यस्तै लिन नचाहनेहरुलाई सरकारले सम्मान दिने भएको हो।

अहिले सामाजिक सुरक्षा भत्ता कुन क्षेत्रमा कति वितरण हुन्छ?

    • ७० वर्ष उमेर पुगेको ज्येष्ठ नागरिकलाई ४ हजार रुपैयाँ
  • ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक ९साबिक कर्णालीका जिल्लाहरुमा बसोबास गर्ने नागरिक र देशभरका दलित नागरिक० लाई २ हजार ६६० रुपैयाँ
  • एकल महिला स् विवाह नगरी बसेका, ६० वर्ष उमेर पुगेका महिला, सम्बन्धविच्छेद वा न्यायिक पृथकीकरण गरी बसेका ६० वर्ष उमेर पुगेका र पतिको मृत्यु भएका ६० वर्ष उमेर पुगेकालाई २ हजार ६६० रुपैयाँ
  • विधवा : पतिको मृत्यु भएका जुनसुकै उमेरकालाई २ हजार ६६० रुपैयाँ
  • पूर्ण अपाङ्गता भएका सम्बन्धित निकायबाट ‘क’ वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचयपत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरुलाई ३ हजार ९९० रुपैयाँ
  • अति अशक्त अपाङ्गता स् सम्बन्धित निकायबाट ‘ख’ वर्ग अर्थात् नीलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरुलाई २ हजार १२८ रुपैयाँ
  • लोपोन्मुख आदिवासी र जनजाति स् कुसुन्डा, वनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवडिया, पत्थरकट्टा, सिलकट, कुशवधिया, कुचबधियालाई ३ हजार ९९० रुपैयाँ
  • पिछडिएको क्षेत्र तथा जिल्ला र देशभरिका दलित परिवारका पाँच वर्ष उमेर ननाघेका एक आमाबाट जन्मिएका बढीमा दुई सन्तानलाई ५ सय ३२ रुपैयाँ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार