भोजपुरमा आजबाट भएको २ दिने आखा शिविरमा ४५ जनाको नि शुुल्क शल्यक्रिया

भोजपुर । भोजपुुर नगरपालिका १२ टक्सार स्थित पुुरानो डबलीमा २ दिने आखा शिविर शुुरु भएको छ । आजबाट सुरु भएको शिविरमा पहिलो दिन ४५ जनाको मोति बिन्दुको नि शुुल्क शल्यक्रिया गरिएको नेपाल नेत्र ज्योति संघ भोजपुुरका संस्थापक सभापती तेज मोक्तानले बताए ।
बिराटनगर आखा अस्पताल रानीको प्राविधिक सहयोगमा भैरहेको शिविरमा शिविरमा बिशेषज्ञ डाक्टरहरुबाट मोति बिन्दुुको नि शुुल्क शल्यक्रिया भैरहेको मोक्तानले बताए ।
शिविरमा २ सय ६० जनाको आखा जाच गरिएको नेत्र ज्योति संघ आखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुुख बिजय तामाङले जानकारी दिए । शिविरमा मोति बिन्दुुको निशुुल्क शल्यक्रिया , आखा सम्बन्धी सम्पुुर्ण रोगको जाच तथा उपचार, निशुुल्क औषधी वितरण लगाएत सेवा उपलब्ध गराईएको आयोजकले जनाएको छ ।
शिविर नेपाल नेत्र ज्योति संघ आखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजनामा दुई दिन सम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार