भोजपुरको स्थानीय तहको कुल बजेट ३ अर्व १५ करोड बढी

भोजपुर । आर्थिक वर्ष २०७९र०८० का लागि सरकारका अर्थमन्त्री जर्नादन शर्माले ल्याएको बजेट भाषणमा प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरमा रहेका २ नगरपालिका र ७ वटा गाउँपालिकाले कुल ३ अर्व १५ करोड ८९ लाख बजेट पाएका छन् ।

आगामी आर्थिक बर्षको बजेटमा सबै भन्दा बढी षडानन्द नगरपालिकाले ५१ करोड ५२ लाख पाएको छ । यो नगरपालिका भित्र १४ वटा वडा रहेका छन् । सबैभन्दा कम साल्पासिलिछो गाउँपालिकाले २४ करोड ५५ लाख पाएको छ । यहाँ ६ वटा वडा छन् ।

यस्तै १२ वडा रहेको भोजपुर नगरपालिकाले ४६ करोड ४९ लाख पाएको छ । यस्तै जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले ३८ करोड ६६ लाख, आमचोक गाउँपालिकाले ३१ करोड ९८ लाख, अरुण गाउँपालिकाले ३१ करोड ८ लाख, रामप्रसाद राई गाउँपालिकाले ३१ करोड ६५ लाख, पौवादुङमा गाउँपालिकाले ३० करोड १४ लाख र हतुवागढी गाउँपालिकाले २९ करोड ८२ लाख पाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार