बृक्षरोपन गर्दै भोजपुरमा पनि विश्व बातावारण दिवस मनाईयो

भोजपुर । भोजपुरमा पनि विश्व बातावारण दिवस मनाइएको छ । डिविजन बन कार्यालय भोजपुर र सशस्त्र प्रहरी वल नेपाल नं ५ गुल्म हे क्वा। टक्सारको आयोजनामा बृक्षरोपन गरिएको हो ।

सशस्त्र प्रहरी वल टक्सारको परिसरमा भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेको प्रमुख आतिथ्य तथा विभिन्न कार्यालयका कार्यलय प्रमुख तथा प्रतिनीधिहरुको उपस्थितीमा कार्यक्र गरिएको हो ।

विगतका वर्षहरुमा भोजपुरका सार्वजनिक स्थालहरुमा बृक्षारोपन गरिरहदा रोपेपछि गोडमेल र पानी लगाउने कोहि नभए पछि रोपेका विरुवा अधिकांश मर्ने गरेको हुदा यस वर्षको बृक्षारोपन भने गोडमेल र निरन्तर पानी विरुवामा लगाउन सक्ने भएकाले सशस्त्र प्रहरी वल नेपाल टक्सारको परिषरमा गरिएको आयोजकले बताएको छ ।

वृक्षरोपन कार्यक्रमलाई सम्वोधन गर्दै भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेले फोहोरलाई मोहोर बनाउन भोजपुर नगरपालिका लागेको बताएका छन् । उनले आवश्यक अनुसन्धान गरी तत्काल प्रकृया अगाडी बढाउने समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार