भोजपुरमा जंगली च्याउ खादा एकको मृत्यू ५ जना विरामी

भोजपुर । भोजपुर । भोजपुरमा जंगली च्याउ खादा एक जनाको मृत्यू भएको छ । जंगली च्याउ खादा भोजपुरको हतुवागडी गाउँपालिका वडा नं. ३ बस्ने आशकुमार राईको पाँच वर्षिय छोरी कृति राईको मृत्यू भएको हो ।

जंगलबाट ल्याएको च्याउ खादा केहि समय पछि रिगटा लाग्न सु? भएपछि प्राथामिक स्वास्थ्य केन्द्र घोरेटारमा उपचारका लागि लगिएको र उपचारकै क्रममा बालिकाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक नितेश कुमार सिंहले बताए । उनकै परिवारका अन्य ५ जना विरामी भएका छन् ।

विरामी भएकाहरु वर्ष ४३ का आशकुमार राई, वर्ष ३८ की धनकुमारी राई, वर्ष २० की योगीता राई, वर्ष ८ की सुमित्रा राई र वर्ष ३ की सृष्टि राईलाई हतुवागडी गाउँपालिकामा रहेको प्राथामिक स्वास्थ्य केन्द्र घोरेटारमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनीह?को अवस्था भने सामान्य रहेको प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार