भोजपुरमा बाढीपहिरो र आगालागीबाट क्षति हुन नदिन नमुना उद्धार प्रर्दर्शन

भोजपुर । भोजपुरमा बाढीपहिरो र आगालागीबाट क्षति हुन नदिन नमुनाु उद्धार प्रर्दर्शन गरिएको छ । वर्षायाम सुरु भएसँगै बाढी पहिरोबाट र हिउदयाममा आगालागीबाट बच्ने उपायबारे नमुना अभ्यास प्रदर्शनी ९सिम्युलेसन० गरिएको छ। भोजपुरको स्थानीय टुडिखेलमा कृत्रिम पहिरो र आगालागी हुनसक्ने बस्ती बनाई अभ्यास गरिएको हो।

पहिरोबाट बच्ने उपायबारे जनचेतना जगाउने उद्धेश्यका साथ जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा अभ्यास गरिएको हो। बर्सेनी बाढीपहिरो, चट्याङ, आगलागी, दुर्घटना र महामारी लगायतका विपत्ति तथा प्रकोपले पुर्‍याउने जनधनको क्षति न्यूनीकरण गर्न उद्धार टोलीले गर्नुपर्ने कार्य र तयारीबारे प्रदर्शनी गरिएको हो ।

विपतका पेला उद्धार, उपचार र राहात वितरणमा कसरी छिटो र प्रभावकारी बनाउन सकिन्छ भनेर डेमो प्रस्तसत गरिएको थियो । अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले पहिरोबाट प्रभावितको उद्धारसम्बन्धी अभ्यास गरे।

बाढीपहिरोमा कसरी र कुनकुन माध्यम उपयोग गरेर मानवीय सहयोग गर्न सकिन्छ भन्ने अभ्यास गरिएको थियो । नमुना अभ्यासमा भोजपुर नगरपालिका जिल्ला स्थित सरकारी कार्यालय,नेपाल रेडक्रस सोसाइटी, जिल्ला अस्पताल,जिल्ला स्वास्थ्य, र सामाजिक संघ संस्थाका प्रतिनिधि समेतले उपस्थिती जनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार