भोजपुरमा बजार अनुगमनबाट ७४ हजार बराबरको अस्वस्थ मासु नष्ट

 भोजपुर । भोजपुरमा बजार अनुगमनबाट अस्वस्थ मासु बिक्री गरेको पाइएपछि मासु बरामद गरी नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुरले बुधवार गरेको बजार अनुगमनका क्रममा धेरै दिन देखि रहेको मासु विक्रि गरेको पाईए पछि बरामद गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रममुख जिल्ला अधिकारी रामप्रसाद दाहालले बताए ।

दाहालको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनको क्रममा मासु पसलहरुमा ७३ हजार ८ सय २७ रुपौया बराबरको अस्वास्थ्य मासु बरामद गरी नष्ट गरिएको हो । बजारको समीक्षा मासु पसल र तामाङ मासु पसललगायतका पसलमा अनुगमन भएको हो । मासु राख्न प्रयोग गरिएको फ्रिजसमेत फोहर र अस्वास्थ्य मासु राखेर विक्रि गरिएको भेटिएकाले सो समेत बरामद भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण लघुले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको अनुगमनमा घरेलु विकास कार्यालय, उद्योग वाणिज्य सङ्घ, पत्रकार, प्रहरीलगायतका सरोकारवाला निकायका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

धेरै दिन अगाडिदेखि फ्रिजमा राखेर मासु बिक्री गरेका व्यवसायीलाई पत्र काटी जिल्ला प्रशासनमा उपस्थित हुन निर्देशन गरिएको अनुगमन अधिकृत दाहालले जानकारी दिए। चाडपर्व नजिकिएसँगै स्थानीय प्रशासनले बजार अनुगमन तीव्र बनाएको हो ।भिडियो पनि हेर्नुस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार