सिलिचुङ खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिको ११ औ वार्षिक साधरण सभा सम्पन्न

भोजपुर । सिलिचुङ खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिको ११ औ वार्षिक साधरण सभा सम्पन्न भएको छ । ११ औ वार्षिक साधरण सभाले धाराको महशुल १० प्रतिशतका दरले वृद्धि भई २०६९÷०८÷०१ बाट लागे हुगु हुने साधरण सभाबाट पारित गरिएको सिलिचुङ खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिका अभ्यक्ष प्रविण सुवालले बताए ।

अध्यक्ष सुवालका अनुसार न्यूनतम शुल्क दुई सय, अतिरिक्त शुल्क ९ देखि १८ युनिट सम्म ३५, १६ देखि २० सम्म ४०, २१ देखि २५ सम्म ४५, २६ देखि ३० सम्म ५० र ३१ देखि माथी ५५ रुपौया महशु शुल्क निर्धारण समते गरेको बताए । प्रति १ हजार लिटर बराबर १ युनीट रहने सुवालले बताए ।
शुक्रवार भोजपुर नगरपालिकाको सभा हलमा भएको साधरण सभाले २०७८÷०७९ को आर्थिक आय व्याय समेत प्रस्तुत गरिएको थियो । कोषाध्यक्षबाट प्रस्तुत गरिएको आय व्याएबाट १२ करोड ५६ लाख १ हजार ३ सय ३९ आम्दानी र ११ करोड ५१ लाख ३ हजार २ सय ५२ खर्च भई १० लाख ४८ हजार ८६ बचत रहेको साधरण सभाबाट पारित गरिएको छ ।

सभाको गणपुरक संख्या प्रति १० धारा वरावर १ रहने तथा मताधिकार सम्पुर्ण उपभोक्ताको हुने छ । साधरण सभा नगरपालिकाका प्रमुख मेयर कैलाश कुमार आलेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार