परिवार र आफु मात्र बुझ्ने नेता बनाएर हामिले दुख पायौँ : सुदन किराती

भोजपुर । परिवारमा र आफु मात्र बुझ्ने नेता बनाएर जनताले दुख पाएको संघिय सांसदका उमेद्वार सुदन किरातीले बताएका छन् । आईतबार टेम्केमैयुङ गाउँपालिकाको केन्द्र अन्नपुर्णमा भएको अगुवा कार्यकर्ताहरुलाई भेलाई सम्बोधन गर्दै किरातीले यस्तो बताएका हुन् ।

नेता भनेको विश्व, क्षेत्रिय र राष्ट्रिय राजनीति बुझ्ने भए मात्र सम्मुसनत नेपाल बनाउन सिकिने बताएका छन् । उनले महेन्द्र राजा चिन जादा माओसेतुङले खबरदार नेपालको माटो एक इन्च पनि नमिच्नु किनकि नेपाल सानो छ हाम्रो अलिकति मिच्दा केहि फरक पर्देन भन्दै गरैको भाषणणको संज्ञा दिदै उनले “नेपालमा मण्डले राष्ट्रबाद रहेको बताए ।

मण्डले राष्ट्रबाले नेपाली जनतालाई जहिलै भरिया बनाउन चाहान्छ विदैश नै पठाउन चाहान्छ । आर्थिक विकास गर्न दिईदैन ।” उनले भने । यस्ता खालका खतरनाक प्रतिगामी तत्वसंग होसियार रहनु आवश्यक रहेको बताए ।

यस्तै किरातीते भोजपुरको सवै स्थानका समस्याहरुको पहिचान गरेको बताउँदै ति समस्याहरुलाई समाधानका लागि गठबन्धन लाग्ने समेत बताएका छन् ।

अगुवा कार्यकर्ताहरुलाइ सम्बोधन गर्न प्रदेश क्षेत्र नं. १ का उमेद्वार राजेन्द्र कुमार राई, क्षेत्र नं. २ का उमेद्वार विनोद वान्तावा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अजम्बर काङमाङ राई, नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य रमेश शाक्य, नेपाली कांग्रेसका पुर्व सभापति नन्दमणी राई, महासमिति सदस्य हेमन्त मुकारुङ लगायतका नेता तथा कार्यकर्ता सम्वोधनका लागि अन्नपुर्ण पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार