स्वास्थ्य शिक्षा खानेपानी र सडकको समस्या समाधान गर्दै रोजगारी सृजना गर्न आएका हौँ : वान्तावा

भोजपुर । स्वास्थ्य शिक्षा खानेपानीका समस्या समाधान गर्न आफुले उमेद्वारी दिएको नेपाली कांग्रेसका जिल्ला सभापती तथा प्रदेश सभा (ख) का उमेद्वार विनोद वान्तावाले बताएका छन् ।

भोजपुरको दक्षिणी क्षेत्रमा रहेको आमचोक गाउँपालिकाको केन्द्र बालाङखामा बाम लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बान्तावाले यस्तो बताएका हुन् ।

भेलालाई सम्बोधन गर्दै उनले भने “हामी मत माग्न मात्र आएका हैनौ हाम्र गरिवी, दुख, समस्या, स्वास्थ्य, शिक्षा खानेपानी र सडकमा भएको समस्याको चिन्तन गर्दै त्यस्ता थुप्रै समस्याहरु समाधानका निमित्त आएका हौ ।” नेपाल भन्दा अविकसित राष्ट्र आज विकास उन्मुख भएर अगाडी बढिसकेको बताउदै नेपाली जनताले भने सधै अरवको ४५ डिग्री घाममा ज्यान माया मारेर आफ्नो परिवार पाल्नु पर्ने बाध्यता रहेको बताए छन् ।

ती बाध्यतालाई समाधान गर्न, नेपालमा नै रोजगारी सृजना गरी विकास र समृद्धिको ढोका खेली  समृद्ध नेपाल निमार्णणमा बाम लोकतान्त्रिक गठबन्धन लाग्ने वान्तावाले भनाई छ ।

बान्तावाले बाम लोकतान्त्रिक गठबन्धनका सम्पुर्ण उमेद्वारहरुलाई मत दिएर विजयी गराउन समेत नेता तथा कार्यकतालाई आग्रह गरेका छन् । गठबन्धनको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आज (विहिवार) हतुवागडी गाउँपालिकामा रहेको गडबन्धनको एक नेताले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार