विभिन्न अनलाईनमा प्रकाशन भएको समाचारमा कुनै सत्यता छैन, मेरो सहयोग गठबन्धनलाई : चापागाई

भोजपुर । विभिन्न अनलाईनमा प्रकाशन भएको चापागाईंले पुनः उम्मेदवारी ब्युँताउने भन्ने समाचारमा कुनै सत्यता नभएको प्रदेश क्षेत्र नं. क मा स्वातन्त्र उमेद्वारी दिएका उत्तम चापागाईको बताएका छन् ।

नेपाल तरुणदलका पुर्व उपाध्यक्ष तथा नेपाली कांग्रेस भोजपुरका महासमिति सदस्य समेत रहेका स्वतन्त्र उमेद्वारी दिएका उत्तम चापागाईसंग फोन सम्पर्क हुँदा समाचार प्रकाशन गर्ने अनलाईनसंग कुनै संवाद नभएको बताएका छन् ।

चापागाईले फोन सम्पर्कमा भने खै मलाई कसैले सोधेको छैन विना सम्पर्क मनमा जे आयो त्यहि समाचार लेख्नेलाईनै थाहा होला । उनले भने । यस्तो निराधार माचार नलेख्न संचारमाध्यमलाई आग्रह समेत चापागाईले गरेका छन् ।

स्थानीयस्तरका नेता–कार्यकर्ताबाट दबाब बढेपछि ‘कथाले मागेको’ निष्कर्षसहित उनी उम्मेदवारी सक्रिय पार्दै प्रचारप्रसारमा जाने तयारीमा लागेको कांग्रेस भोजपुरका एक प्रभावशाली नेताले जानकारी दिएको भन्दै लेखिएको समाचारमा स्रोत भने नेपालप्रेस भनेर खुलाईएको छ ।

समग्र मत विश्लेषण गर्दा यो क्षेत्रमा सत्ता गठबन्धनको मत २२ हजार १९६ छ । जसमा कांग्रेसको १४ हजार ४६९, माओवादीको ५ हजार ७५३ र नेकपा एकीकृत समाजवादीको १ हजार ७९४ मतभार छ । नेकपा एमालेको १४ हजार ५४ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार