धमाधम मतदाताको घरघरमा मतदाता शिक्षा दिदै गठबन्धनका महिलाहरु

भोजपुर । मंसीर ४ गते हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा मत बदर हुन नदिन महिलाहरु मतदाता शिक्षामा लागेका छन् ।

गठबन्धनलाई विजयी गराउने उद्धेश्यका साथ तिनै दलका महिलाहरु घर घरमा मतदाता शिक्षा दिदै हिडेको मनिका राईले बताईन । चुनावी प्रचार प्रसारसंगै प्रत्येक नागरिकलाई घर घरमा गई मतदाता शिक्षा समेत दिदै हिडेको राईले बताईन् ।

महिला समुहले प्रतिनिधिसभामा सुदन किराँतीलाई हसिया हथौडामा, प्रदेश सभामा क्षेत्र नं. (क) मा राजेन्द्र राईलाई कलममा र प्रदेश सभा सदस्य क्षेत्र नं (ख) मा विनोल वान्तावालाई रुख चिन्हमा भोट माग्दै तदाता शिक्षा दिदै हिडको शिशिरा राईले बताईन । उनीहरुले सामासिक सञ्जाल मार्फत पनि गठबन्धनलाई अत्याधिक बहुमतले विजयी गराउन समेत आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार