गठबन्धनलाई विजयी गराउँन साहित्यकार र कलाकारकोे टोली भोजपुरमा

भोजपुर । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यनिर्वाचनका लागि भोजपुरमा चुनावी सरगर्मी बढेको छ । नेताकार्यकर्तासंगै उम्मेदवारहरु पनि जनताको घर दैलोमा मत माग्न पुगी रहेका छन ।

गठबन्धनका उम्मेदवारलाई विजयी गराउन बौदिक ब्यक्तित्व, ख्याती प्राप्त साहित्यकार तथा कलाकारहरु भौतिकरुपमा नै गठबन्धनका उम्मेदवारलाई मत माग्न ब्यस्त छन । योजना आयोगका पुर्व सदस्य डा. शिबकुमार राई, भुपू. गोर्खा सैनिक संघ गेसोका अध्यक्ष कृष्ण कुमार राई,उपाध्यक्ष मनिकुमार राई, बरिष्ठ कवि तथा गितकार भुपाल राई, मदन पुरस्कार बिजेता बरिष्ठ आख्यानकार तथा गितकार राजन मुकारुङ्ख, संगीतकार पारस मुकारुङ्ख, गायक भिषण मुकारुङ्ख, गितकार शुभमुकारुङ्ख, गायीकाबबिना राई, गायक तथा हास्यकलाकार हिरण राई, (टाईफिटिङ बाजे), गायक रबिन्द्र राई लगायतले भोजपुरको विकासका लागि गठबन्धनले जित्न आवश्यक रहेको भन्दै गठबन्धनलाई मत मागिरहेका छन् ।

भोजपुरे जनताले बिकास समृद्धीको बाटोमा लाग्ने जुझारु उम्मेदवारहरु अघी सारेको कारण उनीहरुलाई जिताउन भोजपुर आएको उनीहरुको भनाई छ । उनीहरुले गीत संगित, कबिता, लेख, बिभिन्न सामाजिक संञ्जालहरुको माध्यमबाट मतमाग्दै उनीहरु अहिले भौतिक रुपमा नै जनताको घर दैलोमापुगीगठबन्धनका उम्मेदवारहरुलार्इृ मतदान गर्न आह्वान गरि रहेका छन् ।

सुदन किराँती भोजपुरको मात्र नभई देशकै लागि गतीलो खम्बाकोरुपमा आवाश्यक पर्ने नेता भएकोले उनी लगायत गठबन्धनको तर्फबाट शिष्ट छबि भएका नेताहरु राजेन्द्र राई र बिनोद बान्तावालाई समेत जिताउनु पर्ने उनीहरुको भनाई छ । संबिधानको भावना बिपरीत लाग्ने, पहिचान तथा संघियताको बिरुद्धमा लाग्ने पार्टीहरु भोजपुरमा मात्रन भई देशब्यापी रुपमानै पराजय हुने कुरामा उनीहरु बिस्वस्त रहेको समेत बताए ।

भोजपुरको हकमा स्थानियतहको निर्बाचनलाई आकंलनगर्ने हो भने गठबन्धन दलको जित सुनिश्चीतरहेको स्थानीयहरुको बुझाई छ । प्रतिनिधी सभा सदस्यमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका सुदन किराती र नेकपा एमालेको तर्पmबाट पूर्वमुख्यमन्त्री शेरधन राई बीच प्रतिस्पर्धा हुँदैछ ।

भोजपुरको चुनावी प्रतिस्पर्धामा एमालेका शेरधन भन्दा माओवादी केन्द्रका सुदन अगाडी देखिन्छन् । गत वैशाखमा भएको स्थानीयतहको निर्वाचनको परिणामले पनि सुदन अगाडी रहेको देखाउँछ ।

यस्तै प्रदेश सभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. (क) मा गठबन्धनका तर्फबाट प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र एमालेको तर्फबाट हरि कुमार राई विच प्रतिस्पर्धा हुदैछ भने निर्वाचन क्षेत्र नं. (ख) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति विनोद बान्तावा र एमालेको तर्फबाट खड्ग बहादुर कार्की विच प्रतिस्पर्धा हुदैछ ।

स्थानीय चुनावको मतभार हेर्ने हो भने भोजपुरमा एमालेबाट निर्वाचित भएका उमेद्वारले २७ हजार ६ सय ५६ मतल्याएका थिए । उता सत्ता गठबन्धनले भने ३८ हजार ५ सय ५६ मत ल्याए । यसरी हेर्दा स्थानीय चुनावमा प्राप्त मतको आधारमा गठबन्धन एमाले भन्दा १० हजार ९ सय मतले अगाडी देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार