भोली गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड र डा. प्रकाशसरण महत भोजपुर आउदै

भोजपुर । भोली गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसका प्रवक्ता तथा पुर्व परराष्ट्र मन्त्री डा. प्रकाशसरण महत भोजपुर आउदै छन् ।

गठबन्धन दलले भोजपुरको पौवादुङमा गाउँपालिको तिवारी भञ्ज्याङमा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्न विहान ११ बजे आईपुग्ने गठबन्धन दलका प्रचार प्रसार समिति भोजपुरले जनाएको छ ।

मंसीर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गरी नेता, कार्यकर्ता तथा मतदाताहरुलाई सम्बोधन गरी काठ्माण्डौ फर्कने कार्यतालिका रहेको बताईएको छ ।

संविधानको रक्षा , स्थिरता र समुन्नतिको आधार भन्ने मुल नाराका साथ आयोजना गरिएको चुनावी सभा कार्यक्रमका लागि सम्पुर्ण तयारी पुरा भएको वाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचान समिति पौवादुङमाका सचिव सन्तोष कोईरालाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार