भोजपुरमा नागरिक आरोग्य कार्यक्रमको जिल्ला स्तरिय अभिमुखिकण कार्यक्रम संगै अभियान सुरु

भोजपुर । भोजपुरमा नागरिक आरोग्य कार्यक्रमको जिल्ला स्तरिय एक दिने अभिमुखिकण कायर्यक्रम सम्पन्न भएको छ । सरकारको नीति तथा कार्यक्रम अनुसार नसर्ने रोगको रोकथामका लागि ‘नागरिक आरोग्य कार्यक्रम’ भोजपुरमा पनि सुरु भएको छ । योग र ध्यानको प्राकृतिक विधिबाट शारीरिक तन्दुरुस्तीका साथै व्यक्तिमा सकारात्मक सोच र व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ ‘नागरिक आरोग्य कार्यक्रम’ को भोजपुर नगरपालिकामा अभिमुखिकरण कार्यक्रम गरी अभियान सुरु गरेको छ ।
आर्युवेद तथा बैकल्पिक चिकित्सा शाखा धनकुटाको आयोजनामा भोजपुरमा सरोकारवालाहरुका लागि मंगलवार गरिएको अभियान संचालन सम्वन्धी अभिमुखीकरणमा कार्यक्रमको उद्धेश्यका बारेमा स्पष्ट पार्दे प्रमुख पण्डितले भन्नुभयो, “नागरिकलाई नसर्ने रोगबाट बचाउन योग, ध्यान तथा व्यायाम उपयोगी हुन्छन्, जसले सरल जीवनयापनमा समेत सहजता ल्याउछ, योगको माध्यमबाट नसर्ने रोगको रोकथामका लागि वडा स्तरमा समेत नागरिक आरोग्य कार्यक्रम सञ्चालन हुने छ ।”

नागरिक आरोग्य कार्यक्रममा बिषयमा डाक्टर सरोज बिशालले सहभागीहरुलाई जानकारी गराउँदै निरोगी नेपाल अभियान अन्तर्गत सरकारले सुरु गरेको कार्यक्रम प्रभावकारी बनाउन सवैको भुमिका महत्वपूर्ण हुने बताएका थिए उनले नागरिक आरोग्य कार्यक्रम प्रभावकारी बनिरहेको बताए ।

भोजपुरका जिल्ला न्यायाधिश मणीराम न्यौपानेले नागरिकमा योग र ध्यानका माध्यमबाट जनचेतना बढाउन सकियो भने धेरै नसर्ने रोेगलाई न्यूनीकरण गर्न सकिने बताए। उनले भने “हामी गरीव देशका नगारिक भएकाले स्वास्थ्य क्षेत्रमा पनि पर्याप्त बजेट ब्यवस्थापन हुन नसकेकाले आरोग्य कार्यक्रम प्रभावकारी बन्ने छ ।”

भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले नागरिक आरोग्य कार्यक्रम प्रभावकारी भएकाले आफैले केही जिवन शैली परिवर्तन गर्दा स्वस्थ्य बन्न सकिन्छ भने सवैले त्यस तर्फ ध्यान दिनु पर्ने बताए। जिल्ला आरोग्य समितिका संयोजक तथा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङले कार्यक्रम प्रभावकारी बनाउन स्थानीय स्तरका समितिहरुलाई समेत सक्रिय बनाउने बताए । जिल्ला तहमा मात्र होइन, स्थानीय वडा तहका समितिहरुलाई समेत सक्रिय बनाउने कार्यमा सक्रिय हुने उनको भनाई रहेको थियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार