जसपा सम्मानजनक सिट पाए मात्रै सरकारमा सहभागी हुने

काठमाडौँ । जनता समाजवादी पार्टीले पद बाँडफाँटमा सम्मानजनक स्थान प्राप्त गरे मात्रै सरकारमा सहभागी हुने निर्णय गरेको छ । जसपाको राजनीतिक समितिको मंगलबार सम्पन्न बैठकले नीति तथा कार्यक्रम र शक्तिको बाँडफाँटको विषयमा सहमति नभए सरकार बाहिरबाट समर्थन गर्ने जनाएको छ ।
ुहामीले राष्ट्रपतिदेखि प्रदेशको उपसभामुखसम्म सम्मानजनक बाँडफाँट खोजेका हौं,  महासचिव मनिष सुमनले इकान्तिपुरसँग भने, हाम्रो दाबी छैन, हामी सरकारको रवैया कस्तो हुन्छ त्यो हेर्छौं । सात दलीय वर्तमान सत्ता गठबन्धनमा जसपा एउटा घटक हो ।

२ दिनसम्म चलेको समितिको बैठकले अन्य राजनीतिक दल वा संगठनहरुसँग एकता, सहकार्य र गठबन्धन सम्बन्धमा वार्ता गर्न राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली पनि गठन गरेको छ ।
जसको सदस्यमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेका छन् । त्यसैगरी निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, अन्तर्घात गर्नेहरुको सम्बन्धित समितिहरुबाटै कारबाही गर्ने निर्णय पनि समितिले गरेको छ ।
संघीय परिषद्‍ र केन्द्रीय सदस्यहरुको भूमिकाबारे छानबिन गर्नका लागि शिवलाल थापा मगरको संयोजकत्वमा ५ सदस्यीय समित गठन भएको छ । माघसम्म समय दिएर गठन गरिएको समितिको सदस्यहरुमा देवबहादुर दुरा, बालकिशोर यादव, अशोक लगरवार र प्रमिला यादव रहेका छन् ।

त्यसैगरी, पार्टी अधिवेशन लागि अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा ९ सदस्यीय विधान मस्यौदा समिति पनि जसपाले गठन गरेको छ । सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, सुशीला श्रेष्ठ, शिवलाल थापा मगर, लालबाबू राउत, दीपेन्द्र झा, दीपक राई, पञ्चलाल महर्जन, वीरेन्द्र ठाकुर र भगवति सुवेदी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार