आमा बुबाको स्मृतिमा भट्टराईले गरे षडानन्द बहुमुखी क्याम्पसमा अक्षयकोष स्थापना

भोजपुर । भोजपरुको उत्तरी षडानन्द नगरपालिकामा रहेको षडानन्द बहुमुखी क्याम्पसमा द्रौडीनाथ भट्टराईले अक्षय कोष स्थापना गरिदिएका छन् । षडानन्द नगरपालिका वडा नं.४ निवासी द्रौडीनाथ भट्टराईले भद्रिनाथ भट्टराई र लोकादेबी भट्टराईको स्मृतिमा १ लाख ८ हजार ६ सय ५१ रुपैयाँ बराबरको अक्षयकोषको स्थापना गरिदिएका हुन् ।
क्याम्पसको एक औपचारिक कार्यत्रमका विच भट्टराईले रकम हस्तान्तरण गर्दै कोषको स्थापना गरेका हुन् ।
अक्षयकोषको रकम ५० प्रतिशत छात्रवृत्तिमा, ३० प्रतिशत क्याम्पस सञ्चालन व्यवस्थापनमा, १० प्रतिशत कोष सञ्चालन र १० प्रतिशत कोषमा प्रत्येक बर्ष थपिने गरि अक्षयकोषको स्थापना गरेका क्याम्पस प्रमुख नगेन्द्र बस्नेतले जानकारी दिए ।

उक्त क्याम्पसको कार्यक्रम षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र कुमार उदास प्रमुख अतिथिमा भएको थियो । थिए भने क्याम्पसका कार्यबहाक अध्यक्ष ज्ञानेन्द्र कार्की र क्याम्पस प्रमुख नगेन्द्र बस्नेतले अक्षयकोषको रकम जिम्म लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार