लागुऔषध तथा विपद व्यावस्थापनका लागि शिक्षक र विद्यार्थीलाई एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

भोजपुर । भोजपुरमा प्रधानध्यापक र शिक्षक र विद्यार्थीहरुलाई लागुऔषध तथा विपद व्यावस्थापनका एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

पछिल्लो समय विद्यार्थीहरु लागु औषध दुव्र्यासनमा फस्दै गइरहेका वेला प्रदेश नं. १ मा कक्षा ९ देखि १२ सम्म अध्यानरत विद्यार्थीहरुलाई हामी स्वयमसेवी कार्यक्रम संचालन गरी जनचेतना फैलाईरहेको हामी स्वयमसेवी कार्यक्रमका भोजपुरका संयोजक राजेश विष्टले बताए ।

उक्त कार्यक्रमले विद्यार्थीहरुमा शैक्षिक सचेतना जगाई नैतिक चरित्रवान जिम्मेवरी र असल नागरिकका रुपमा समाजमा स्थापित गर्ने उदेश्यका साथ कार्यक्रम अगाडी बढाईएको संयोजक विष्टले बताए । उक्त कार्यक्रम आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत रहेर काम गरिरहेको कार्यक्रममा वताईएको छ ।

 विहिवार भोजपुर नगरपालिका को सभा वैठक कक्षमा भएको कार्यक्रममा लागुऔषध तथा विपद व्यावस्थापन शिर्षकमा जिल्ला स्तरिय कविता प्रतियोगिता समेत गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार