राष्ट्रपति विद्यादेवि भण्डारिद्वारा बालागुरु षडानन्द अधिकारी र योगमायाको शालिक अनावरण

भोजपुर । भोजपुर जिल्लाको उत्तरी षडानन्द नगरपालिका स्थित बालागुरु षडानन्द अधिकारीको जन्मथलो दिङ्ला र सामाजिक अभियन्ता महिला विद्युषी योगमायाको कर्म तथा समाधिस्थल मझुवाबेँसी र गौंडेनीको राष्ट्रपति विद्यादेवि भण्डारीले भ्रमण गर्नु भएको छ ।

भण्डारीले साल्पासिलिछो गाउँपालिकाको वडा नम्वर १ कुलुङको गौडेनीमा रहेको योगमाया न्यौपानेको शालिक अनावरण साथै पशुपतिधाम गौडेनीमा पूजा अर्चनासहित योगमाया स्मृति प्रतिष्ठानको अवलोकन गर्नु भएको छ ।

भण्डारीले षडानन्द नगरपालिका वडा नम्वर ७ मा रहेको बालागुरु षडानन्द अधिकारीको शालिक अनावरण तथा माल्यार्पण समेत गर्नु भएको छ । कार्यक्रममा बोल्दै राष्ट्रपति विद्यादेवि भण्डारिले योगमायाको योगदान विश्वमा नौलो र साहसिक रहेको बताइन । भण्डारिले उनको जन्मथलो र कर्मथलो चिनाउनका लागि योगमाया आधारभुत विद्यालय स्थपना गर्न लागिएको बताउनु भयो ।

बालागुरु षडानन्दले जनस्तरबाट पहिलोपटक स्थापना भएको विद्यालयले समाजसुधारको लागि महत्वपुर्ण योगदान पुगेको बताइन । सोहीक्रममा भण्डारीले कैलाश डाँडामा रहेको गुरुकुल र जनस्तरबाट स्थापना गरिएको नेपालको पहिलो पाठशाला षडानन्द माध्यमिक विद्यालय र त्यसको नजिकै रहेको अरुण माविको समेत अवलोकन गर्नु भएको छ ।

बालागुरु षडानन्द अधिकारीको जन्मथलो र विद्युषी महिला योगमायाको समाधिस्थल मझुवाबेँसी र गौंडेनीको भ्रमणका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरबाट भोजपुर आउनु भएको हो । सोहि कार्यक्रममा क्रममा प्रदेश नम्वर १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले योगमाया समाधी स्थल पार्कको समेत शिलन्यास गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार