सगरमाथा वोर्डिङ स्कुलको हामी स्वयम् सेवी र बाल क्लबले गर्यो बजार सरसफाई

भोजपुर । सगरमाथा वोर्डिङ स्कुलको हामी स्वयम् सेवी र सगरमाथा बाल क्लबको नेत्रित्वमा बजार सरसफाई गरेका छन् । शिवरात्रि तथा प्रजातन्त्र दिवसको अवसरमा भोजपुर बजारका विभिन्न चोकमा सचेतना र्याली, सहित सरसफाई कार्यक्रम गरिएको सगरमाथा वोर्डिङ स्कुलकाम प्रिन्सीपल रमेश आलेले बताए ।

प्लाष्टिकको प्रयोग घटाउदै प्लास्टिकको प्रयोग कम र सहि ब्यबस्थापन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताईएको छ । प्लास्टिक प्रदूषण एक विश्वव्यापी समस्या भएकाले प्लास्टिकको फोहोरलाई कम गर्नु हाम्रो दायित्व भएको प्रिन्सीपल आलेले बताए ।

प्लाष्टिकका सामानहरूलाई उचित व्यवस्थापन गरे प्लास्टिक मार्फत हुने प्रदूषण घटाउन महत्वपूर्ण भुमिका खेल्ने उनको भनाई छ । वोर्डिङको हामी स्वयम् सेवी र सगरमाथा बाल क्लबले सरसफाईसंगै कविता वाचन समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार